Logo २९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026


बजेटबारे सांसदहरुले दिएका सुझाव सम्बोधन गर्ने विधि जानकारी गराउन प्रदीप पौडेलको माग


65
Shares

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले बजेटबारे सांसदहरुले दिएको सुझावलाई सम्बोधन गर्ने विधिबारे संसदलाई जानकारी गराउन सरकारसँग माग गर्नु भएको छ ।

आईतबार प्रतिनिधिसभा बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको नीति तथा कार्यक्रममा छुटेका विषय बजेटमा सम्बोधन हुने बताएको उल्लेख गर्दै सो विषय कसरी समावेश गर्नु हुन्छ ? भनि अर्थमन्त्री डा. प्रकाशशरण महतसँग प्रश्न समेत गर्नु भयो ।

सांसद पौडेलले मुलुकको अर्थतन्त्र कमजोर हुनुमा विगतदेखिका बेथितिहरु मुख्य कारण रहेको औंल्याउनु भयो ।