काठमाडौं । नेपाल भारत सीमा क्षेत्रमा हुने आपराधिक गतिबिधि नियन्त्रण तथा अन्तरिक समस्या सुल्झाउन दुबै देशका सुरक्षा अधिकारी बीच रौतहटको चन्द्रनिगाहपुरमा जिल्ला स्तरीय सीमा समन्वय बैठक सुरु भएको छ। बिहीबार दिउँसो सुरु भएको बैठकमा भारतको सितामाढी र नेपालको रौतहट, सर्लाही र महोत्तरीका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा अधिकारीहरु सहभागी छन्। बैठकले सीमापार अपराध नियन्त्रण र सीमा…