Logo १८ श्रावण २०८३, सोमबार | Mon Aug 3 2026


राष्ट्रियसभा अन्तर्गत २ संसदीय समितिको बैठक आज बस्दै


104
Shares

काठमाडौं। राष्ट्रियसभा अन्तर्गतका दुई संसदीय समितिको बैठक बिहीबार बस्ने भएकाे छ।

सिंहदरबारमा बिहीबार बिहान साढे ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएकाे हाे । बैठकमा पर्यटन विधेयक, २०८१ मा सरोकारवालासँग छलफल हुने कार्यसूचीमा रहेकाे उल्लेख गरिएकाे छ ।

त्यस्तै बिहान साढे ११ बजे नै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि बस्ने भएकाे हाे। साेही बैठकमा अध्यागमन ऐन २०४९ को कार्यान्वयन र प्रत्यायोजित विधायन समेतको अवस्था सम्बन्धी अध्ययन प्रतिवेदन २०८२ सम्बन्धमा छलफल हुने समितिले जनाएकाे छ ।