काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले कमिसन र भ्रष्टाचारको जालो राजनीतिक नेतृत्वबाट संरक्षित रहेको दाबी गर्नुभएको छ । शुक्रबार आफ्नै निवासमा पत्रकारसँग कुरा गर्दै गृहमन्त्री श्रेष्ठले यसमा नेतृत्वबाट संरक्षित रहेको वा राजनीतिक नेतृत्वकै संलग्नता हुने गरेको आरोप लगाउनुभयो । सुशासन र सम्वृद्धिको अभियानका लागि कडा कदम नचाली नहुने अवस्था रहेकाले आफूले समस्या समाधानको आँट गरेको बताउनुभयो…