काठमाडौं । गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आइतबारबाट सकिंदै छ । नयाँ राष्ट्रपतिमा रामचन्द्र पौडेलले सोमबार शपथ लिएसँगै भण्डारीले शितलनिवास छाड्नुहुनेछ । उहाँ सोमबार शितलनिवासबाट बुढानीलकण्ठ–२ चपलीस्थित निजी निवासमा सर्ने भण्डारीको सचिवालयले जनाएको छ । भण्डारी २०७२ साल कात्तिक ११ गते राष्ट्रपति पदमा पहिलोपटक निर्वाचित हुनुभएको थियो । त्यसपछि दोस्रो कार्यकालका लागि २०७४…