Logo ६ श्रावण २०८३, बुधबार | Thu Jul 23 2026


जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक बुधबार बस्दैछ । बैठक ललितपुरको बालकुमारीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्नेछ । बैठकमा विधान अधिवेशन, सरकारमा सहभागितालगायत समसामयिक विषयमा छलफल हुने एक नेताले जानकारी दिनुभयो ।