Logo ३० जेष्ठ २०८३, शनिबार | Sun Jun 14 2026


राष्ट्रिय अभिलेखालयका लागि आवश्यक जनशक्ति व्यवस्था गर्न सांसद शर्माको माग


104
Shares

काठमाडौं । राष्ट्रियसभाका सांसद मायाप्रसाद शर्माले राष्ट्रिय अभिलेखालयका लागि आवश्यक जनशक्ति र प्रविधिको तत्काल व्यवस्था गर्न सरकारसँग माग गर्नु भएको छ ।

राष्ट्रको ऐतिहासिक महत्वका सम्पदाहरुको संरक्षण गरिरहेको सो अभिलेखालय आर्थिक समस्याको मारमा परिरहेको उल्लेख गर्दै त्यसको व्यवस्था गर्न पनि सरकारले ढिलाई गर्न नहुने बताउनु भयो ।बिहीबार राष्ट्रियसभा बैठकको शुन्य समयमा बोल्दै सांसद शर्माले सो अभिलेखालयको भौतिक संरचनाको पुनर्निर्माणमा पनि सरकारले जोड दिनुपर्ने बताउनु भयो ।

सांसद शर्माले ऐतिहासिक महत्वका सम्पदाहरुको संरक्षणको जिम्मा लिएको सो अभिलेखालयलाई आर्थिक समस्याको मारमा पार्ने काम कुनै पनि हिसावले उचित नभएको समेत स्पष्ट पार्नु भयो ।