काठमाडौं । नेपाली कांग्रेसका सांसद उदय समशेर जबराले सुन तस्करी प्रकरणमा उच्चस्तरको छानबिन आयोग बनाउनुपर्ने बताउनुभएको छ । सोमबार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद जबराले यस्तो बताउनुभएको हो । उहाँले यस्ता गम्भीर घटनामा सत्तापक्ष र विपक्ष भन्ने नहुने भन्दै मन्त्रालय, विभागबाट नभइ उच्चस्तरको संयन्त्र बनाइ छानबिन गर्नुपर्ने बताउनुभयो । उहाँले सुन तस्करीको विषयमा…