काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपति रामचन्द्र पौडेलको कदमविरुद्ध सडकदेखि सदनसम्म विरोध प्रदर्शन भइरहेको छ । प्रमुख प्रतिपक्ष एमाले लगायतका प्रतिपक्ष दलहरु नागरिकता विधेयकमा समावेश भएका विषयवस्तुभन्दा विधेयक प्रमाणीकरणको प्रक्रियामाथि खनिएका छन् । जेठ १६ गते राष्ट्रपति रामचन्द्र पौडेलले निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले रोकिराखेको नागरिकता विधेयक प्रमाणीकरण गर्ने निर्णले सडकदेखि सदनसम्म तातेको छ ।…