काठमाडाैं । लुम्बिनी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मङ्गलबार विश्वासको मत लिनुहुने भएको छ । यसअघि सोमबार विश्वासको मत लिने टुङ्गोमा पुग्नुभएका मुख्यमन्त्री चौधरी उक्त दिन अन्तर्राष्ट्रिय श्रमिक दिवसको सार्वजनिक बिदा परेकाले मङ्गलबार विश्वास लिन लाग्नु भएको प्रदेश सरकारका मन्त्री सन्तोष पाण्डेले जानकारी दिनुभयो । प्रदेशसभामा रहेका आठ दलको समर्थनमा वैशाख १४ गते मुख्यमन्त्री नियुक्त…