काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका नेता मेटमणि चौधरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा केपी शर्मा ओलीमाथि पनि छानबिन हुनुपर्ने बताउनु भएकाे छ । संसदको आइतबारको बैठकमा समय लिएर बोल्दै नेता चौधरीले तत्कालीन प्रधानमन्त्रीको हिसाबले ओलीमाथि पनि छानबिन हुनुपर्ने बताउनु भयाे । चौधरीले भन्नुभयाे, ‘तत्कालीन गृहसचिवले समेत नेपालीलाई भुटानी बनाउन खोजिएको विषय स्वीकार गरिसकेको अवस्था छ।…