काठमाडाैं । नक्कली शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीले आवश्यक परेको बेला उपस्थित हुने कागज गराएर छाेडेको छ । साेमबार काठमाडौं प्रहरी परिसरमा पुग्नु भएका खाँणलाई आवश्यक परेको बेला बयानका लागि उपस्थित हुने कागज गराइएको प्रहरी स्रोतले बताएकाे हाे । खाँणले आफू अनुसन्धानमा सहयोग गर्न तयार रहेको बताएको पनि प्रहरीले जनाएको छ । नक्कली…