Logo ४ मंसिर २०८२, बिहिबार | Thu Nov 20 2025


माधव नेपाल र नारायणकाजी श्रेष्ठबीच भेटवार्ता

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातामन्त्री नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ । शुक्रबार दिउँसो एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा भेटवार्ता भएको हो । भेटमा श्रेष्ठले वर्तमान सरकारलाई साथ दिन आग्रह गरेको बुझिएको छ । सरकारलाई विश्वासको मत दिएपनि एकीकृत समाजवादी प्रतिपक्षको भूमिकामा छ ।