काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रसाद (एनपी) साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा कार्यान्वयन हुने सम्झौता मात्र गरिने दाबी गर्नुभएको छ । प्रधानमन्त्रीको भारत भ्रमण यही जेठ १७ (भोलि) बाट जेठ २० गतेसम्म हुँदैछ । प्रधानमन्त्री दाहालको भारत भ्रमणको पूर्व सन्ध्यामा संचारकर्मीसँग कुरा गर्दै उहाँले भारत भ्रमणका क्रममा नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने…