काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल डिस्जार्ज हुनुभएको छ । राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार आएपछि बुधबार डिस्चार्ज गरिएको उहाँका स्कीयसचिव चिरन्जीवी अधिकारीले जानकारी दिनुभयो । गत शनिबारदेखि त्रिवि शिक्षण अस्पतालमा पौडेलको उपचार भइरहेको थियो । पेटमा समस्या देखिएपछि उहाँलाई अस्पताल लगिएको थियो ।