काठमाडौं । कर्णाली प्रदेश सरकारबाट तीन मन्त्रीले राजीनामा दिएका छन् । आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाह, सामाजिक विकास मन्त्री टेकराज पछाई र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जीतबहादुर मल्लले मुख्यमन्त्री शर्मालाई भेटेर राजीनामा बुझाएका छन् । तीनै जना मन्त्रीहरूले सामूहिक राजीनामा दिएसँगै नेकपा एमाले सरकारबाट बाहिरिएको प्रस्ट हुन्छ । गत पुस २७…