काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न सरकारले बेवास्ता गरेको बताउनुभएको छ । शनिबार मध्यपहाडी पुष्पलाल लोकमार्ग अभियानका क्रममा गोरखामा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । उहाँले विमानस्थल चलाउन पाउँदैनौ भनेर भित्र भनेपनि बाहिरबाट कुनै शक्तिले भन्न नसक्ने बताउनुभयो । अध्यक्ष ओलीले…