काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । सोमबार बस्ने बैठकमा सभामुखले देबराज घिमिरेले राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण भएको जानकारी गराउने कार्यसूचि रहेको छ । यस्तै,बजेटमाथिको छलफल सुरु गर्ने कार्यसूचि पनि रहेको संसद सचिवालयले जनाएको छ । बजेटमाथिको छलफल आइतबारदेखि सुरु गर्ने कार्यसूचि रहे पनि एमालेसहितका विपक्षी दलहरुको अवरोधका कारण वैठक स्थगित भएको थियो ।…