काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशका सांसद राजीव गुरुङ (दिपक मनाङे) विरुद्धको ज्यान मार्ने उद्योगको मुद्दाको फाइलहरू झिकाउने आदेश दिएकाे छ । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र टंक मोक्तानकाे संयुक्त इजलासले मनाङेविरूद्ध ज्यान मार्ने उद्योगमा पाटन उच्च अदालतले सुनाएको मुद्दाको निवेदन वा पुनरावेदन परेको भए मिसिल पेश गर्न आदेश…