काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार साँझ विश्वासको मत लिने हुनुभएको छ । नेकपा एमाले सरकारबाट बाहिरिएपनि विश्वासको मत लिन आलटाल गरिरहनुभएका मुख्यमन्त्री यादवले संवैधानिक अड्चनबाट बच्न मंगलबार साँझ विश्वासको मत दिन लाग्नुभएको हो । मुख्यमन्त्री यादवले विश्वासको मत लिने प्रयोजनको लागि मंगलबार साँझ ५ बजे प्रदेशसभाको आकस्मिक बैठक बोलाउनुभएको छ । प्रदेशसभा…