काठमाडाैं । नेकपा (एमाले) को सचिवालय बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक सुरु भएको केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभयो । बैठकमा आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार तय गर्नेलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।