काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेको सर्वदलीय बैठकमा शीर्ष नेताहरु सहभागी भएका छन् । आगामी निर्वाचनलगायत विषयमा छलफल गर्न राष्ट्रपति पौडेलले सरकार र विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई बोलाएका थिए। बैठकमा अन्तरिमा सरकारका प्रधानमन्त्री सुशीला कार्कीसहित सबैमन्त्री सहभागी हुनुभएको राष्ट्रपति सचिवालयले जनाएको छ । बैठकमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा,…