काठमाडौं । नेकपा(एमाले)का सांसद रामचन्द्र राईले छिमेकी मुलुक भारतसँगको नेपालको सम्बन्ध अवसर भएको बताउनुभएको छ । बिहीबार राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै सांसद राईले नेपालको लागि भारतसँगको सम्बन्ध अवसर भएको बताउनुभएको हो । उहाँले छिमेकी मुलुकसँगको सम्बन्ध हाम्रो लागि समस्या नभएको बताउनुभयो । उहाँले भारतसँगको सम्बन्धलाई अवसरको रुपमा परिणत गर्न…