काठमाडाैं । सहरी विकासमन्त्री सीता गुरुङले फाइल बोकेर सिंहदरबार धाउनु नपरोस् भनेर सङ्घीयता ल्याएको स्पष्ट पार्नुभएको छ । नगर विकास कोषले आज आयोजना गरेको प्रादेशिक कार्यशालामा उहाँले जनताको घरदैलोमा सेवा पु¥याउन लागि परेको बताउनुभयो । घरबाट सदरमुकाम जान डेढ दिन लाग्ने र क्याम्पस पढ्न दुई घण्टा हिँड्नुपर्ने बाध्यताका बीच सडक माग्न सिंहदरबार आउँदा आफ्नै फाइल…