काठमाडौं । राष्ट्रिय सभामा मौलिक हक कार्यान्वयनका लागि कानून निर्माणसम्बन्धि संकल्प प्रस्ताव पेस गरिएको छ । शुक्रबार राष्ट्रिय सभा बैठकमा नेकपा (एमाले)की सांसद दिलकुमारी थापा रावल (पार्वती) ले सो प्रस्ताव पेस गर्नुभएको हो । संवैधानिक व्यवस्थाअनुसार संविधान जारी भएको ३ वर्षभित्र मौलिक हकसँग सम्बन्धित कानून बनिसक्नुपर्नेमा ८ वर्ष बितिसक्दा पनि नबनेकाले आगामी २०८१ साल असोज…