Logo ११ पुस २०८२, शुक्रबार | Fri Dec 26 2025


नागरिकता विधेयक प्रमाणिकरणको प्रक्रियामा त्रुटी भयो : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले नागरिकता विधेयक प्रमाणिकरणको प्रक्रियामा त्रुटी भएको बताउनुभएको छ । आइतबार संघीय संसद भवन बाहिर सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद पौडेलले नयाँ संसदमा छलफल गरेर त्यसले टुंग्याएको विषयलाई राष्ट्रपतिले प्रमाणिकरण गर्नुपर्ने बताउनुभयो । उहाँले नागरिकता विधेयक प्रमाणिकरणको समय पनि नमिलेको टिप्पणी गर्नुभयो ।