Logo ८ भाद्र २०८३, सोमबार | Tue Aug 25 2026


माओवादीले टुंगायो मन्त्रीको नाम

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाएको छ । नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री बन्नेछन् भने वर्षमान पुन अर्थमन्त्री बन्नेछन् । त्यस्तै, तीन जना मन्त्रीले निरन्तरता पाउने छन् । नारायणकाजी श्रेष्ठसँग शक्तिबहादुर बस्नेत र रेखा शर्माले पनि मन्त्रीमा निरन्तरता पाउने छन् ।