काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकलाई अग्रगामी निकास दिने र अग्रगामी दिशातर्फ लैजाने प्रयासका साथ समाजवादी मोर्चा गठन भएको बताउनुभएको छ । बिहीबार पार्टी केन्द्रिय काार्यलय बालकुमारीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विगतका कमी कमजोरीहरुलाई सच्याएर देखा परेका राष्ट्रिय मुद्दाहरुलाई सम्बोधन गर्दै मुलुकलाई सुशासन, स्थिरता, विकास…