८ फाल्गुन २०८०, मंगलबार | Tue Feb 20 2024


निर्माण व्यवसायीको वक्यौता दशैं अघि नै भुक्तानी हुन्छ : अर्थमन्त्री महत


624
Shares

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले निर्माण व्यवसायीको अघिल्लो आर्थिक वर्षमा भुक्तानी गर्न बाँकी रकम दशैं अघि नै गरिने बताउनुभएको छ । उहाँले सम्बन्धित मन्त्रालयलाई भुक्तानीको दायित्व माग गरिएको र त्यो आइसकेपछि दशै अगाडि नै भुक्तानी हुने बताउनुभयो ।

शुक्रबार पत्रकारसँग कुराकानी गर्दै मन्त्री महतले भन्नुभयो, “असार मसान्तसम्ममा रु ६० देखि ७० अर्ब तिरिसकेका छौँ । अब रु. छ देखि सात अर्ब जति बाँकी होला त्यो भुक्तानी हुन्छ ।”

अर्थमन्त्री महतले बाहिर आएजस्तो आर्थिक सङ्कट चरम नभएको बताउनुभयो । केही हदसम्म समस्या भए पनि बाहिर देखिए जस्तो आर्थिक सङ्कट नभएको उहाँको भनाइ थियो ।

पहिला राष्ट्र बैंकले सहजरुपमा ऋण प्रवाह गर्दा त्यसको सही सदुपयोग नहुँदा समस्या आएको मन्त्री महतको भनाइ छ ।

सरकार अहिले अर्थतन्त्रको जग बनाउन लागि परेको मन्त्री महतको भनाइ थियो । अर्थतन्त्रको जग बलियो नभएका कारण केही समस्या आएको उहाँको भनाइ छ ।