काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल अमेरिका र चीनको औपचारिक भ्रमण सकेर शनिबार स्वदेश फर्किनु भएको छ । संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा भाग लिन प्रधानमन्त्री दाहाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत भदौ ३० गते अमेरिका प्रस्थान गर्नुभएको थियो । उतैबाट असोज ६ गते चीन पुग्नु भएका प्रधानमन्त्री दाहाल शनिबार चीनको छेन्दुबाट काठमाडौं फर्किनु भएको हो…