काठमाडौं । नेकपा एमालेले ओली नेतृत्वको मन्त्रिमण्डलमा सहभागी हुने मन्त्रीहरूको नाम टुंगो लगाएको छ । प्रधानमन्त्रीमा केपी शर्मा ओली नियुक्त भएपछि आइतबार राती ओलीको निजी निवासमा भएको छलफलमा मन्त्री बन्नेहरूको नामबारे टुंगो लगाएको हो । मन्त्री बन्नेहरूमा उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, सचिवद्वय योगेश भट्टराई र छविलाल विश्वकर्मा मन्त्री बन्ने निश्चित भएको छ…