काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सत्तारुढ दलका नेताहरु आफैं जेल जाने बताउनुभएको छ । सरकारले एकपछि अर्को भ्रष्टाचारको काण्ड छानबिन गर्ने बताईरहेका बेला महासचिव पोखरेलले सत्तारुढ दलका नेताहरुको शासकीय चरित्रनै भ्रष्टाचार लाएको आरोप लगाउँदै उनीहरुनै जेल जाने जिकिर गर्नुभएको हो । पार्टीको गण्डकी प्रदेश कमिटिको प्रथम अधिवेशनलाई सोमबार पोखरामा उद्घाटन गर्दै उहाँले एमाले…