२५ कार्तिक २०८१, आइतबार | Mon Nov 11 2024


नेपालमा शान्तिको आवश्यकता छ : परराष्ट्रमन्त्री साउद


39
Shares

काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले नेपालमा शान्तिको आवश्यकता रहेको बताउनुभएको छ ।

सोमबार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय अहिंसा दिवस र गान्धी जयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री साउदले यस्तो बताउनुभएको हो । उहाँले आज पनि नेपालका युवा र नेपालका राजनीतिज्ञका लागि गान्धी एउटा प्रेरणाका श्रोत रहेको बताउनुभयो ।

परराष्ट्रमन्त्री साउदले कानून, संविधान बमोजिम आफ्नो जीवनको संस्कृतिको रुपमा शाीन्तलाई विकास गर्न जरुरी रहेको बताउनुभयो । उहाँले नेपालको भविष्य सुन्दर रहेको भन्दै नेपाली राजनीतिक फाँटमा जहाँ भएपनि भविष्य एउटै बनाउने भनेर समृद्ध र सुन्दर नेपाल बनाउने बाटोमा रहेको बताउनुभयो ।

मन्त्री साउदले नेपालको राजनीतिमा कुनै न कुनै रुपमा सबै राजनीतिक दलहरुले हतियार उठाएको बताउनुभयो ।