काठमाडौं । नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङले राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेटवार्ता गर्नुभएको छ । सचिव छुङछेङले बिहीबार सिंहदरबारस्थित राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा पुगेर भेटवार्ता गर्नुभएको हो । भेटमा उहाँसहित भ्रमण दलका सदस्यहरु र नेपालका लागि चिनियाँ राजदुत छन् सोङसमेत रहनुभएको थियो । भेटवार्तापछि सञ्चारकर्मीसँग कुराकानी…