काठमाडौं । नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा विभिन्न कार्यक्रम गरेर घोडेजात्रा मनाएको छ । हरेक वर्ष चैत्र कृष्ण औंसीका दिन घोडेजात्रा पर्व मनाउने प्रचलन छ । सो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यक्रममा सहभागी हुनुभएको थियो । राष्ट्रपति भण्डारीलाई नेपाली सेनाका एक टुकडीले सलामी अर्पण गरेको थियो । जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास…