पाँच वर्षलाई स्थानीय जनप्रतिनिधि चुनिदै (फोटो फिचर) « Imagekhabar – Online News Portal of Nepal


पाँच वर्षलाई स्थानीय जनप्रतिनिधि चुनिदै (फोटो फिचर)


338
Shares

काठमाडौं । स्थानीय तहको निर्वाचन अन्तर्गत आज देशैभरका अधिकांश स्थानीय तहमा एकै चरणमा निर्वाचन भइरहेको छ ।

निर्वाचनमा आफ्ना जनप्रतिनिधि छनोट गर्न मतदाताहरुले उत्साहपूर्वक भाग लिएका छन् । यसपटक ७ सय ५३ स्थानीय तहमा १ लाख ४५ हजार ११ जना उम्मेदवारले बिभिन्न पदमा प्रतिस्पर्धाका लागि मनोनयन दर्ता गरेकामा जसबाट ३५ हजार २२१ जना स्थानीय जनप्रतिनिधि निर्वाचित हुनेछन् ।

नेपालमा प्रजातन्त्र प्राप्तपछि एकैचरणमा स्थानीय तह निर्वाचन भएको यो पहिलो पटक हो । त्यसैगरी नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछिको यो दोस्रो स्थानीय तहको निर्वाचन हो । यस अघि २०७४ मा तीन चरणमा स्थानीय तहको निर्वाचन भएको थियो । २०७४ मा निर्वाचित स्थानीय जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल आगामी जेठ ५ मा सकिदैछ । त्यसपछि नयाँ निर्वाचित जनप्रतिनिधिको कार्यकाल शुरु हुनेछ । पाँच वर्षमा आएको मौकालाई नगुमाउन मतदाता लाइनमा बसेर मतदानमा भाग लिइरहेका छन् ।