काठमाडौं, पुस १३ । कर्मचारीको आधिकारिक ट्रेड युनियनलगायत अन्य ट्रेड युनियनले कर्मचारी समायोजनमा असहयोग गरे ट्रेड युनियनहरु नै खारेज गर्नेगरी सरकारले गृहकार्य अघि बढाएको छ । संविधानअनुसार कर्मचारी समायोजन थाल्दा सरकार ट्रेड युनियनप्रति आक्रामक बनेको हो । सरकारले संविधानअनुसार समायोजन प्रक्रिया थाल्दा कर्मचारीहरु विरोधमा उत्रिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीसमेत ट्रेड युनियनहरुसँग असन्तुष्ट बनेका छन्…