Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


बिहान शपथ, दिनभर घुसः १५४ कर्मचारी घुस लिंदालिंदै रंगेहात समातिए


0
Shares

काठमाडौं । आर्थिक बर्ष २०७४/०७५ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५४ जना कर्मचारीलाई घुस लिंदालिंदै रंगेहात समातेर मुद्दा चलायो ।

त्यसयता पनि अख्तियारबाट कर्मचारी पक्राउ पर्नेक्रम रोकिएन । घुस खाने कर्मचारीमा सहायकस्तरदेखि सहसचिबसम्मकै रहेको अख्तियारले जनाएको छ ।

राष्ट्रसेवक कर्मचारीमा घुस खाने प्रबृत्ति ह्वात्तै बढेपछि त्यसलाई रोक्न सरकारले नयाँ सूत्र अघिसार्यो–‘कार्यालयमा प्रवेश गर्दा घुस नखाने सपथ लिने ।’

प्रधानमन्त्री कार्यालयले १७ असोजमा २२ मन्त्रालय र देशभरका सरकारी कार्यालयलाई सर्कुलर गरेरै घुस नखाने शपथ लिन निर्देशन दियो ।

निर्देशनअनुसार सबै कर्मचारी बिहान घुस नखाने शपथ लिंदै कार्यालय छिर्न थाले तर घुस खाने प्रबृत्तिमा भने कमी आएन ।

अख्तियारका प्रवक्ता रामेश्वर दंगालले सरकारले सर्कुलर गरेयता मात्रै तीन दर्जन कर्मचारी घुस लिंदालिंदै पक्राउ परेको बताए । -राजधानी दैनिकबाट