१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


युवामा मानसिक रोग बढ्दै


0
Shares

काठमाडौं, पुस ९ । सर्लाही हरिवनका २९ वर्षीय रमेश केसी, कालिकोट नरहरनाथका २७ वर्षीय नेत्रबहादुर विष्ट, सुर्खेत गुर्वागोठका २३ वर्षीय युवा चन्द्रबहादुर मानसिक रोगको उपचारका लागि ललितपुरको लगनखेलस्थित केन्द्रीय मानसिक अस्पतालमा भर्ना भएका छन् ।

यी तीन युवा त उदाहरणमात्र हुन् । ५० शैय्या क्षमताको सो अस्पतालको अधिकांश बेडमा युवा उमेरका बिरामी छन् । कहिले बेड खाली होला र भर्ना गराउँला भनेर पालो पर्खने बिरामी पनि थुप्रै छन् ।

लागू पदार्थ दुर्व्यसनी, जीवनशैलीमा आउने परिवर्तन, वैवाहिक अवस्था, प्रेममा धोका वा खटपटलगायतका कारणले युवाहरुमा मनोरोग देखिने गरेको मानसिक अस्पतालका प्रमुख कन्सल्ट्यान्ट साइक्याट्रिष्ट एवं सूचना अधिकारी डा. अनन्त अधिकारीले बताए । –नागरिक दैनिकबाट