काठमाडौं । आर्थिक अनियमितता आरोपमा नेपाल प्रहरीका अवकाशप्राप्त दुई नायब उपरीक्षक पक्राउ परेका छन् । हुम्लामा प्रहरी प्रमुख भएर काम गरेका त्रिलोक चन्द र कृष्णबहादुर कुँवरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हिरासतमा लिएर अनुसन्धान अघि बढाएको हो । लेखापालसँग मिलेर प्रहरीको तलब, रासनलगायतको बजेट हिनामिना गरेको आरोपमा आयोगले उनीहरूलाई हिरासतमै राखेर अनुसन्धान गरिरहेको छ । तत्कालीन लेखापाल वीरेन्द्र चन्द्रलाई…