Logo २५ बैशाख २०८३, शुक्रबार | Sat May 9 2026


राजा वीरेन्द्रले प्रयोग गरेको निजी घर श्रीसदन नयाँ वर्षदेखि खुला


0
Shares

काठमाडौं । राजा वीरेन्द्रको वंशनाश भएको १८ वर्षपछि उहाँले प्रयोग गरेको निजी घर श्रीसदन सर्वसाधारणका लागि खुला हुने भएको छ ।

नयाँ वर्षको दिन अर्थात् २०७७ साल वैशाख १ गते श्रीसदन खुला गर्न लागिएको हो ।

श्रीसदनसँगै हिट्लरले उपहार दिएको कार, बेलायत र नेपालमा मात्र रहेका राजपरिवारले चढ्ने बग्गी, दीपेन्द्र, श्रुति, निराजनले चढ्ने गाडीलगायतका सामग्री प्रदर्शनीमा राखिने भएको छ ।

संग्रहालयले बिग्रिएका अवस्थामा रहेको सबै सवारीसाधन मर्मत गरी तयारी अवस्थामा राखेको छ ।

सोही दिनबाट संग्रहालय प्रशासनले गणतन्त्र स्मारक परिसरको शहीदको सम्झानामा निर्मित संग्रहालयसमेत खुला गर्ने भएको छ ।

नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले श्रीसदन खोल्न सम्पूर्ण तयारी भइसकेको जानकारी दिनुभयो। -नेपाल समाचारपत्र दैनिकबाट