Logo १ कार्तिक २०८३, आइतबार | Mon Oct 19 2026


मेयरले खेतमै गएर किसान कुटे, शौचालयमा लगेर थुने


0
Shares

बारा । महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादवले आफूले सार्वजनिक स्थानमा बोलेको कुराको कुराको भिडियो बनाएर फेसबुकमा अपलोड गर्ने एक युवकका बुबालाई कुटपिट गर्दै शौचालयमा थुनेका छन् ।

गाउँको नाला निर्माण काममा भइरहेको ढिलासुस्तीबारे फेसबुकको भिडियो पोष्ट गरेको भन्दै स्थानीय युवा मुकेश कशुवाहाका ५५ बर्षीय बुबा हरेन्द्र महतोलाई मेयर यादवले सोमबार कुटपिट गरी शौचालयमा थुनेका हुन ।

गत आर्थिक बर्ष २०७५/०७६ मा सम्पन्न गर्नुपर्ने नालाको काम हालसम्म पूरा नभएर समस्या परेको स्थानीयको गुनासोपछि निरीक्षणमा पुगेका मेयर यादवको भनाइसहित छोरा मुकेशले बनाएको भिडियो स्थानीय अर्का युवाले पनि सामाजिक संजालमा अपलोड गरेका थिए ।

करिब २९ सेकेन्डको सो भिडियोमा मेयर यादवले ‘यो समस्याको अहिले समाधान गर्न नसकिने र जे गर्न र जहाँ जान मन लाग्छ त्यही जानू’ भनी प्रतिक्रिया दिएका छन् । -नेपाल समाचार पत्र दैनिकबाट

Skip This