जनकपुर । देशमा कोभिड उपचारका नाममा १० अर्बभन्दा बढी खर्च भए पनि सर्वसाधारणको स्वास्थ्यमाथि कसरी खेलबाड भइरहेको छ भन्ने कठोर उदाहरण धनुषामा देखिएको छ । भारतमा रोजगारी गुमेपछि भोकै ज्यान जाने डरले मातृभूमि फर्किएका १६ वर्षीय किशोरको उपचार नपाएर मृत्यु भएको छ । जब कि उनलाई कोभिड थिएन भन्ने पुष्टि भएको छ । धनुषाको हंसपुर नगरपालिका– ७ निवासी…