२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


त्रासले गाउँ पठायो, आसले सहर फर्कायो: एक सातामा ४५ हजार काठमाडौं फर्किए


0
Shares

काठमाडौं । लकडाउन सुरु भएपछि कष्टकर यात्रा गरेर गाउँगाउँ गएका सर्वसाधारण फेरि लड्दै–भिड्दै काठमाडौं फर्कन थालेका छन् ।

लकडाउनको सुरुवाती समयमा ६ लाख जनसंख्या काठमाडौंबाहिर गएको सरकारी तथ्यांक छ । तर, पछिल्लो एक सातामा ४५ हजार सर्वसाधारण काठमाडौं फर्किएका छन् ।

लकडाउन खुकुलो हुँदै जाँदा फर्कने क्रम बढ्दै छ । खासमा सम्पूर्ण अवसर काठमाडौंमा केन्द्रिकृत भएकोले संकटको वेला पनि मान्छेहरू काठमाडौं आउन बाध्य छन् ।

मुलुकभर हुने आर्थिक क्रियाकलापमध्ये ४१ दशमलव ६ प्रतिशत काठमाडौं उपत्यकामा मात्रै हुने गरेको छ ।

केन्द्रीय तथ्यांक विभागले गरेको राष्ट्रिय आर्थिक गणना २०७५ अनुसार देशभरका ७७ जिल्लामध्ये ४० प्रतिशतभन्दा धेरै आर्थिक क्रियाकलाप उपत्यकाका तीन जिल्लामा मात्रै हुने गर्छ ।

देशभर ०७४ सालमा कुल २९ खर्ब १५ अर्ब ६० करोड रुपैयाँ आर्थिक क्रियाकलाप भएकोमा आठ खर्ब ३२ अर्ब रुपैयाँ काठमाडौं जिल्लाभित्र मात्र भएको छ । यो कुल आम्दानीको २८ दशमलव ५ प्रतिशत हो । दोस्रोमा ललितपुर जिल्ला पर्छ । -नयाँ पत्रिका दैनिकबाट