देशमा भइरहेको भ्रष्टाचार देखेर दिपक मनाङेसमेत लज्जित, बुझाए राजीनामा पत्र • Image Khabar Image Khabar


देशमा भइरहेको भ्रष्टाचार देखेर दिपक मनाङेसमेत लज्जित, बुझाए राजीनामा पत्र


Imagekhabar
९ असार २०७७, मंगलवार ०६:३१

देशमा भइरहेको भ्रष्टाचार देखेर दिपक मनाङेसमेत लज्जित, बुझाए राजीनामा पत्र

पोखरा । गण्डकी प्रदेशका सांसद दीपक मनाङेले भ्रष्टाचार नियन्त्रणमा भूमिका खेल्न नसकेको भन्दै सोमबार अर्थ तथा विकास समितिको सदस्यबाट राजीनामा दिएका छन् ।

जताततै मौलाएको भ्रष्टाचार देख्दा आफूलाई लाज लाग्ने उनको भनाइ छ । ‘अनुगमनमा जाँदा जताततै भ्रष्टाचारै भ्रष्टाचार देखिन्छ, आफैंलाई लाज लाग्छ । समितिले तुरुन्त कारवाही गर्न निर्देशन दिंदा पनि कारवाही हुँदैन । अनि यस्तो समितिमा बस्नुको अर्थ छैन भनेर राजीनामा दिएको हुँ’, सांसद मनाङेले भने ।

भ्रष्टाचार गरिरहेको रंगेहात समात्दासमेत कारवाही गर्न नसकिएको मनाङेको गुनासो छ । भ्रष्टाचार देख्ने तर कारवाही गर्न नसक्ने समितिको औचित्य छैन,’ उनको भनाइ छ ।

समिति सभापति दीपक कोइरालालाई राजीनामा बुझाएर सोमबार नै मनाङे काठमाडौंतर्फ लागेका छन् । –नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्