
काठमाडौं । नेपालीले दाल–सब्जी पकाउँदा प्राय छाकैपिच्छे प्रयोग गर्छन, बेसार ।
औषधीय गुण भएको त्यही बेसारमा पनि नेपाल आत्मनिर्भर छैन । हुन त यसको आयात परिणाम सानो देखिन्छ ।
तर, त्यस वापत बाहिरिने नेपाली रुपैंयाँ भने ठूलै छ । बेसार खेतीमा आवश्यक लगानी नहुँदा भारतसहित तेस्रो मुलुकबाट नेपालमा आयात हुन्छ ।
मुख्यतः ताजा, धुलोसहित विभिन्न स्वरुपमा बेसारलाई ल्याउने गरिन्छ ।
भन्सार विभागको तथ्याकं अनुसार चालू आर्थिक बर्षको १० महिनामा म्यानमार र भारतबाट २७ करोड १५ लाख ११ हजार रुपैंयाँको बेसार ल्याइएको छ ।
त्यसको परिणाम भनेको २१ लाख ७९ हजार ८ सय ५७ किलो (२ हजार १ सय ७९ टन) हो । यो अवधिमा नेपालबाट ११ सय २९ किलोमात्र निर्यात भएको छ । -अन्नपूर्ण पोष्ट दैनिकबाट
प्रतिक्रिया दिनुहोस्