
काठमाडौं । नेपालको उत्तरी छिमेकी चीनसित वर्षौंदेखि रहेको सीमा अतिक्रमणसम्बन्धी विवाद सुल्झन सकेको छैन ।
सरकारी अधिकारीहरुका अनुसार ५ हिमाली जिल्लाको १ हजार ४ सय ६५ रोपनी तथा गोरखा र दार्चुलाका एक एक नेपाली गाउँ चीनले अतिक्रमण गरेको छ ।
संबैधानिक तथा सरकारी निकायका प्रतिवेदनले दोलखाको उत्तरी भेगको ९९ रोपनी तथा हुम्ला, सिन्धुपाल्चोक, संखुवासभा र रसुवाको ६४ हेक्टर नेपाली भुभाग बर्षौंदेखि चिनियाँ अतिक्रमणमा रहेको उल्लेख छ ।
चीनपट्टि पारिएका गोरखा र दार्चुलाका नेपाली गाउँको भने मापन नभएकाले कति क्षेत्रफल अतिक्रमणमा परेको भनेर प्रतिवेदनमा खुलाइएको छैन ।
चीनसित सन् २००५ पछि सीमावार्ता भएको छैन । सन् २०१२ मा हुन लागेको वार्ता अचानक स्थगित गरेको नेपालले त्यसपछि कुनै पहल नगर्दा विवाद यथावत रहेको नापी विभागका अधिकारीहरुले बताएका छन् । –कान्तिपुर दैनिकबाट
प्रतिक्रिया दिनुहोस्