काठमाडौं । नेपाल र भारतबीच सिमानामा नापी गर्दा भएको गम्भीर गल्तीले नेपाली भूमि भारततर्फ परेको सरकारले स्वीकार गरेको छ । स्ट्रिप म्याप (धर्से नक्सा) तयार गर्दा कञ्चनपुरलगायतका क्षेत्रमा नेपाली भूभाग गुम्ने खतरा भएकोले वार्ताबाट समस्या समाधान गर्ने सरकारको भनाइ छ । बस्ती, खेतबारी मात्र होइन, पूर्व–पश्चिममा बनिरहेको हुलाकी राजमार्गको पनि कतिपय खण्ड भारतमा परेको भन्दै उताको फौजले…