२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


क्वारेन्टाइनमै करेन्ट लागेर २३ वर्षकी महिलाको मृत्यु


0
Shares

काठमाडौं । कञ्चनपुरको कृष्णपुर नगरपालिका– ६ मौरीफाँटाका रविन ओड श्रीमती राधा र डेढ वर्षीया छोरीसहित गौरीफन्टा नाका भएर मंगलबार बिहान नेपाल पसेका थिए ।

भारतमा भयानक संक्रमण भइरहेको कोरोनाबाट बच्न ओड परिवार मद्रासबाट सुरक्षाका लागि नेपाल आएका थिए । तर, भयो ठीक उल्टो । मातृभूमि पसेकै केही घन्टामा राधाको ज्यान गयो, त्यो पनि क्वारेन्टाइनमै ।

२२–२३ वर्षकी राधाको ज्यान कोरोनाले होइन, अव्यवस्थित क्वारेन्टाइनले लियो । गौरीफन्टा नाकाबाट मंगलबार दिउँसो १२ बजे उनीहरू नेपाल भित्रिएका थिए ।

त्यहाँबाट उनीहरूलाई कृष्णपुर नगरपालिका– ६ मौरीफाँटामा रहेको महाकाली माविको क्वारेन्टाइन लगिएको थियो ।

झोला र अन्य सरसामान राखेपछि राधाले क्वारेन्टाइनमा सरसफाइ पनि गरिन् । त्यसपछि राधा नुहाउन धारामा गइन् । त्यतिवेला दिउँसोको तीन बजेको थियो । नुहाउँदा–नुहाउँदै राधा अचानक ढलिन् ।

क्वारेन्टाइनमा विद्युत् जोड्न टाँगिएको अव्यवस्थित तार नै राधाको ज्यान लिने कारण बन्यो ।

राधाका जेठाजु देवले क्वारेन्टाइन पुगेकै केही घन्टामै करेन्ट लागेर ज्यान गुमाएको बताए । ‘बुहारी करेन्ट लागेर त्यहीँ ढलिछिन्,’ देवले भने, ‘श्रीमती ढलेको देखेर श्रीमान् पनि बेहोस भएछन् ।’

नगरपालिकाले अव्यवस्थित क्वारेन्टाइन बनाएर गम्भीर खेलवाड त गरेकै थियो, त्यसमाथि राधाको हकमा अर्को अपराध पनि भयो । नयाँ पत्रिका दैनिकबाट