Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


सुप्रसिद्ध समाजसेवीलाई जन्मदिनको ‘उपहार’ कोरोना


0
Shares

काभ्रे । प्रत्येक बर्ष धुमधामसँग जन्मदिन मनाएर समाजमा उत्कृष्ठ काम गर्ने व्यक्ति तथा संघसंस्थाहरुलाई आफ्नै पारिवारिक प्रतिष्ठानबाट सम्मान गर्दै आउँनुभएका धुलिखेल वडा नं ७ का ९२ बर्षका बृद्ध समाजसेवी यसबर्ष जन्मदिनकै दिन कोरोना संक्रमित हुनुभएपछि धुलिखेल अस्पतालको आईसोलेसनमा राखी उपचार गराईँदै छ ।

उहाँ धुलिखेल बिकासका लागि अहोरात्र खटिने व्यक्ति भएकै कारण समाजका हरेक व्यक्तिले उहाँको सम्मान र सत्कार गर्नु स्वभाविकै हो । सोमबार धुलिखेल अस्पतालमा उहाँलाई भर्ना गरेको थाहा पाउने वित्तिकै उहाँको स्वास्थ्य लाभको कामना सहित भेट्नेको घुईचो नै लाग्यो ।

परिवार, आफन्त, सुभचिन्तक, समाजसेवी मात्र नभै उहाँलाई धुलिखेल अस्पतालका बरिष्ठ चिकित्सकहरुले पनि भेटेर स्वास्थ्य लाभको कामना गरे ।

धुलिखेलमा अस्पतालको परिकल्पना गर्नुहुँने स्थानिय समाजसेवी हुनुभएकाले अस्पतालमा परिवार मात्र नभै अस्पतालमा कार्यरत थुप्रै स्वास्थ्यकर्मीहरुले पनि उहाँलाई भेटेको पारिवारिक स्रोतले जनाएको छ ।

धुलिखेल नगरपालिका, धुलिखेल खानेपानी, धुलिखेल अस्पताल, काठमाडौ विश्व विद्यालय जस्ता ठूला ठूला योजना धुलिखेलमा भित्र्याउने योजनाकार मध्ये उहाँ पनि एक हुनुहुन्छ । लामो समय देखि उहाँ काठमाडौको नयाँ बानेश्वरमा छोरा बुहारीका साथमा बस्दै आउनुभएको थियो ।

दुईदिन अघि उहाँलाई ज्वरो आएको र पिसाप बन्द भएका कारण नियमित परिक्षण गराउँदै आएको धुलिखेल अस्पतालमै उहाँलाई काठमाडौबाट ल्याईएको परिवारका सदस्यले जनाएका छन् । नेपाल -समाचारपत्र दैनिकबाट